+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.1)
Shares

सुनसरीको दुहबीस्थित जुट मिलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते २०:४९

६ मंसिर, धरान (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४:३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

‘धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो,’ उनले भने ।

आगलागीबाट भएको क्षतिको विवरण हाल अनुमान गर्न नसकिने उनको भनाइ छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका करिब १५–२० जना प्रहरीका साथै विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य अहिलेसम्म जारी रहेको छ ।

आगलागी कसरी भयो भन्ने पत्ता लाग्न नसकेको उनले बताए ।

विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाउँदै उनले आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?