News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी १२ माघदेखि अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ।
- यो प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको दर्ता, बसोबास र गतिविधिको अभिलेख व्यवस्थित गर्नेछ।
- सिस्टमले सुरक्षा, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विभागका प्रवक्ता टिकाराम ढकालले बताए।
७ मंसिर, काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन गर्नका लागि ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन लागिएको छ ।
आगामी १२ माघदेखि अध्यागमन विभागले फरेन नेशनल म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (विदेशी नागरिक व्यवस्थापन प्रणाली) लागू गर्ने गरी तयारी अघि बढाएको छ ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको विभागका प्रवक्ता तथा निर्देशक टिकाराम ढकालले बताए ।
यसका लागि होटल, गेस्ट हाउस, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागू गरिने भएको छ ।
विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध गर्न लागेका हो ।
यो प्रणाली कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।
यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने बताइएको छ ।
यसका लागि उक्त सिस्टममा विदेशी नागरिक नेपाल आएपछि कहाँ–कहाँ जान्छन्, कहाँ बस्छन् भन्ने सामान्य सूचनाहरू रहने छन् ।
प्रतिक्रिया 4