+
+
Shares

चार महिनामा १ अर्ब २९ करोडको जिरा र धनियाँ आयात

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको ४६ लाख ८ हजार ९ सय ७४ किलो जिरा र धनियाँ आयात गरेको छ।
  • चार महिनामा २५ लाख ३६ हजार ४ सय ५९ किलो जिरा र २० लाख ७२ हजार ५ सय १५ किलो धनियाँ आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
  • जिरा र धनियाँ भारत, बुल्गेरिया, युक्रेन, थायल्यान्ड, टर्की लगायत देशबाट आयात भएको छ।

७ मंसिर काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवा १ अर्ब रुपैयाँ बढीको सुकेको जिरा र धनियाँ आयात भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापारको साउन–कात्तिकसम्मको तथ्यांक अनुसार  नेपालमा १ अर्ब २९ करोड ९३ लाख रुपैयाँको ४६ लाख ८ हजार ९ सय ७४ किलो जिरा र धनियाँ आयात भएको हो ।

चार महिना अवधिमा १ अर्ब ९९ लाख ५७ हजार रुपैयाँको २५ लाख ३६ हजार ४ सय ५९ किलो जिरा आयात भएको छ । यस्तै २८ करोड ९३ लाख ५८ हजार रुपैयाँको २० लाख ७२ हजार ५ सय १५ किलो धनियाँ आयात भएको तथ्यांकमा उल्लेख छ ।

जिरा, धनियाँ भारत, बुल्गेरिया, युक्रेन, थायल्यान्ड, टर्की लगायत देशबाट आयात भएको तथयांकमा उल्लेख छ ।

सामान्यतया तरकारीमा स्वाद बढाउन मसलाका रूपमा जिरा, धनियाँ दैनिक प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?