+
+
WC Series
जनकपुर बोल्ट्स 2025
83/5 (14.2)
VS
३४ बलमा ५३ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

कैलालीबाट एक सातामा १४९ फरार प्रतिवादी पक्राउ

१-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:३६

८ मंसिर, धनगढी । कैलालीमा एक सातामा १४९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

कैलाली प्रहरीले चलाएको सर्च एन्ड स्वीप अप्रेसन टोलीले एक हप्ताभित्रमा १४९ फरार प्रतिवादी पक्राउ गरेको हो ।

१-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीहरूलाई कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

‘हामीले सर्च एन्ड स्वीप अप्रेसन चलाएर फरार प्रतिवादीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइरहेका छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?