+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
4/1 (1.2)
VS
कर्णाली याक्स 2025
0/0
Shares

युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५ नेपाल मेडिकल एसोसिएसनलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपस्थित नेपाली चिकित्सक संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले नेपाल मेडिकल एसोसिएसनलाई \'युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५\' प्रदान गर्ने निर्णय गरेको छ।
  • यो सम्मान नेपालका आवसीय चिकित्सकको हक-अधिकार, तलब-भत्ता र पेशागत सुरक्षाका लागि गरेको निरन्तर पहलको कदरमा दिइनेछ र पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ रहनेछ।
  • सोसाइटीका अध्यक्ष डा. विनय कुमार श्रेष्ठले छिट्टै नेपालमा कार्यक्रमबीच पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरिने जानकारी दिएका छन्।

बार्सिलोना । युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले आफ्नो प्रतिष्ठित ‘युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५’ नेपाल मेडिकल एसोसिएसनलाई प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ रहने सोसाइटीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार, नेपालका आवसीय चिकित्सकको हक-अधिकार,तलब-भत्ता तथा पेशागत सुरक्षाका लागि गरेको निरन्तर पहल, संघर्ष र हासिल उपलब्धिको उच्च कदर गर्दै यस वर्षको सम्मान मेडिकल एसोसिएसन लाई समर्पित गरिएको हो ।

सोसाइटीका अध्यक्ष डा. विनय कुमार श्रेष्ठ का अनुसार, युरोप-नेपाल स्वास्थ्य सम्मान नेपालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्यकर्मीको हक-अधिकार संरक्षण तथा स्वास्थ्य क्षेत्रको समग्र प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्व वा संस्थालाई कदर गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

‘हामी छिट्टै नेपालमा एक कार्यक्रमवीच पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गर्नेछौँ,’ डा. श्रेष्ठले बताए ।
यसअघि सोसाइटीले पहिलो युरोप सम्मेलनमा प्रा. डा. गणेश आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ प्रदान गरेको थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार, युरोप र नेपाल दुवै स्थानमा स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थालाई लक्षित गर्दै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?