+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
39/3 (6.6)
Shares

बाढी पीडितलाई रोग सङ्क्रमणको जोखिम बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १०:४६

४ भदौ, नेपालगन्ज । मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा आएको बाढी तथा डुबानका कारण मानिसमा सङ्क्रमण रोगको जोखिम बढेको छ ।
बाढी तथा डुबान प्रभावित मानिसलाई आउन सक्ने सङक्रमण रोगबाट जोगाउन जिल्ला दैवी प्रकोपअन्तर्गत गठित स्वास्थ्य उपसमितिलाई ती जिल्लामा परिचालन गरिसकिएको जनाइएको छ ।
खाल्डामा जमेको पानी, दूषित पिउने पानी तथा खाना र असुरक्षित आवासका कारण बाढी पीडितलाई संक्रमण हुन सक्नेतर्फ स्वास्थ्य सतर्कता अपनाउन पनि समितिले आग्रह गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन रामबहादुर चन्दका अनुसार बाँके जिल्लाको होलिया, बेतहनी गाँउका मानिसमा अहिले झाडापखाला, भाइरल ज्वरोको संक्रमण देखा परेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?