+
+
Shares

भीरमा खसेकी बालिकाको प्रहरीले गर्‍यो सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर प्रहरीले भीरबाट खसेर खोल्सामा अड्किएकी १४ वर्षीया रजना स्याङ्तानलाई सकुशल उद्धार गरेको छ।
  • उद्धार टोलीले डोरीको सहायताले रजनालाई बाँधेर बोकेर माथि निकालेको थियो।
  • स्थानीयले बालिकाको उद्धारपछि प्रहरीलाई धन्यवाद दिएका थिए।

९ मंसिर, काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार जाने क्रममा खहरे खोलाको भीरबाट ५० मिटर तल खसेकी थिइन् ।

भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो ।

उद्धार गर्ने क्रममा एक प्रहरी जवानले बालिकालाई डोरीले सुरक्षित रूपमा बाँँधेर आफूसँगै बोकेका थिए । माथि बसेका अन्य प्रहरीले डोरीको सहायताले दुवैलाई तानेर माथि निकालेका थिए ।

बालिकाको सकुशल उद्धारपछि स्थानीयले प्रहरीलाई अंकमाल गर्दै धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?