News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेर २६५५ अंकमा पुगेको छ।
- नेप्से बढ्दा पनि कारोबार रकम घटेर ५ अर्ब ८२ करोडमा सीमित भएको छ।
- होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४ प्रतिशतले बढेको छ।
९ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो ।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे ।
व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो ।
जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट छन् ।
प्रतिक्रिया 4