काठमाडौं : एनपीएल गत वर्षदेखि सुरु भएयता नै नयाँ सुरुआत भइरहेको छ र विदेशी खेलाडीहरु पनि आए । पहिलो सिजन सकिने बित्तिकै प्रपर स्टेडियम चाहियो भनिरहेको थियो । पहिलो चरणको प्यारापिटको काम भयो । दोस्रो चरणको काम बाँकी छ ।
चुनौती थियो तर टेक्निकल टिमलगायतले जसरी मिहिनेत गरेर काम गर्नुभयो । सम्झव बनाएर हस्तानतरण गर्नुभयो त्यो राम्रो भयो ।
दर्शकहरुको पनि उत्साहजनक सहभागिता छ । दर्शकको माया त यति कि भन्ने ठाउँ छैन टिकट सोल्ड आउट भएको छ । विदेशबाट आएबाहरु पनि टिकट पछि सारेर एनपीएल हेर्न बस्नुभाछ ।
दर्शकहरुको प्रतिक्रिया गज्जब छ । स्टेडियमको काम पहिलो चरणको मात्र भयो । अझ यसको पूर्ण रुपमा निर्माण सम्पन्न भएपछि अझ राम्रो हुन्छ । विदेशका स्टार खेलाडीहरु पनि आइरहेका छन् । एउटा स्टानडर्ट सेट भइरहेको छ ।
फ्लडलाइटमा हुँदा नयाँ सेटअफ बनाउने चुनौती थियो सुरुमा । पार्किङको व्यवस्था छ । अहिले स्टेडियमलाई घुमेर हेर्न सकिनेछ ।
सुरक्षाका हिसाबले पनि चुनौतीहरु थियो । सबै समस्यालाई फेस गर्दै समाधान गर्दै व्यवस्थापकीय हिसाबले राम्रो होस् भनेर उत्तिकै काम गरिरहेका छौं । पूर्वतयारी धेरै गर्नुपर्ने थियो अहिले बिस्तारै स्मुथ भइरहेको छ ।
एनपीएल सस्टेन हुनका लागि फ्रेन्चाइज टिमहरू पनि सस्टेन हुनुपर्छ । हरेक टिमको समर्थकको माहोल पनि बढेको छ । अबको बाटो व्यअवसायिक हुने ब्राण्ड भ्यालु पनि बढ्दै गएको छ ।
पूर्वाधार काठमाडौंमा मात्र छ । अब काठमाडौं बाहिर पनि पूर्वाधार विस्तार हुनुपर्छ । क्रिकेटको विकास र विस्तारका लागि पनि बाहिर जानुपर्छ । यो एक-दुई वर्ष लाग्न सक्छ । राज्य लाग्यो भने हुन सक्ने रैछ भन्ने उदाहरण पनि देख्यौं । विदेशी लगानी भित्र्याउन सकिन्छ ।
आईसीसीको सिस्टमले हेर्छ विगतका दिनले गर्दा लिगमा टेष्टका ४ खेलाडी मात्र भए । यो व्यवस्था नभएको भए अरु धेरै आउँथे टिमहरु लगानी गर्न तयार छन् ।
अहिले आएका विदेशी खेलाडीहरु पनि राम्रो छन् र नेपालका युवा खेलाडीहरुले पनि सिक्ने अवसर पाउँछन् । एनपीएललाई गोडमेल गर्दै ठूलो छहारी बन्यो भने एनपीएलले धेरै सहयोग गर्न सक्नेछ ।
प्रतिक्रिया 4