News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन्।
- पोखरेलले पार्टी अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई असर गर्ने उल्लेख गरेका छन्।
- उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सशक्त बनाउन भण्डारीलाई पार्टीमा फर्कने वातावरण निर्माण गरिने बताएका छन्।
९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन् ।
अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न जारी वक्तव्यमा पोखरेलले भण्डारीलाई पार्टी काममा फर्कने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ,’ पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन् ।
यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।
मंगलबार भने उनले विज्ञप्तिमार्फत् उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया 4