९ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक गरिसकेको बताएका छन् । त्यसलाई सार्वजसनक गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिने उनको जवाफ छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक गरिएन भनेर सोधेका थिए ।जवाफमा मन्त्री खरेलले सम्पत्ति विवरण प्रक्रियामै रहेको दिए ।
‘सम्पति विवरण हामीले ६० दिनभित्र बुझाउनुपर्ने रहेछ। त्यसअनुसार प्रधानमन्त्री र मन्त्रीहरू हामीले सम्पति विवरण बुझाइसकेका छौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको छ’ उनले भने, ‘प्रक्रियामै भएकोले सम्भवत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक निर्णय लिन्छ।’
प्रतिक्रिया 4