१० मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।
आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अनलाइनखबरसँग भने, ‘महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको छ ।’
नेकपा एमालेले यसअघि २७ मंसिरदेखि २९ मंसिरसम्म एघारौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यसअघि पोखरामा गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4