+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

यी हुन् प्रधानमन्त्रीको सचिवालयमा रहने ६ जना, को-को हटे ? (सूची)

अब सचिवालयमा मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते २१:०८

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका भएका व्यक्तिहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि ६ जना मात्र रहने गरी अन्य सबैलाई हटाएकी छन् ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावादविरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो । त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार, प्रधानमन्त्रीको सचिवालयमा अब ६ जनामात्रै रहनेछन् ।

जस अनुसार, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

प्रधानमन्त्री कार्यालयले विगतका प्रधानमन्त्रीहरूले ६६ जनासम्मको सचिवालय विस्तार गर्ने गरेको भए पनि यसपटक जम्मा २० जनाको मात्रै बनाइएको थियो ।

अहिले उक्त संख्या घटाएर ६ जनाको मात्रै बनाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, १४ जनाको नियुक्ति खारेज भएको हो ।

अनलाइनखबरमा नियुक्तिबारेको उक्त समाचार प्रकाशित गरेको थियो ।

१४ जना को–को हटे ?

प्रमुख स्वीकय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको छ । उनलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाइएको थियो । नातेदार कमला श्रेष्ठ पनि हटाइएको छ । उनलाई स्वकीय सहसचिवमा नियुक्त गरिएको थियो । उनीहरू दुवै जना हटेका छन् ।

त्यस्तै, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाललाई पनि सचिवालयबाट हटाइएको छ । उनी अधिकृत सरहको सेवा सुविधा लिएर बसेका थिए ।

युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली पनि हटेका छन् । ज्ञवाली पनि अधिकृत सरहको सेवा सुविधा लिएर सचिवालयमा कार्यरत थिए । स्वकीय शाखा अधिकृतका रुपमा कार्यरता रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि हटाइएको छ ।

त्यसैगरी प्रशासन सहायकहरू सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन् ।

सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारीलाई पनि हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?