News Summary
Generated by OK AI. Editorially reviewed.- कालिन्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ र लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपछि प्रदान गरिनेछ।
- कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ र हाल सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ हाराहारीमा छ।
११ मंसिर, काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कुल ३ करोड १५ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ । घोषित लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4