+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
54/3 (9.4)
Shares

जसपा मधेश प्रदेशका अध्यक्ष यादवले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अशोक कुमार यादवले जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
  • यादवले मधेश केन्द्रित दलबाट देश र मधेशको विकास सम्भव नरहेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
  • जसपाबाट ६ जना नेताले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरिसकेका छन्।

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् ।

यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा गरेका छन् ।

वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा अधिकारको रक्षा सम्भव नरहेको भन्दै यादवले पार्टी परित्याग गरेका छन् ।

जसपाबाट यसअघि राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरिसकेका छन् ।

श्रेष्ठसहितका नेताहरू बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?