News Summary
Generated by OK AI. Editorially reviewed.- सुजुकी मोटरसाइकल नेपालले भी स्ट्रोम एसएक्सका दुई नयाँ रङका भेरियन्ट सार्वजनिक गरेको छ।
- भी स्ट्रोम एसएक्स २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल हो जसले करिब ४० केएमपीएल माइलेज दिने दाबी गरेको छ।
- सुजुकीले भन्यो, 'यो मोटरसाइकल हल्का अफ–रोड, ग्राभेल तथा असमान बाटो सजिलै सामना गर्न सक्छ' र लामो यात्रामा आरामदायी अनुभव दिने छ।
११ मंसिर, काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम एसएक्सका दुई नयाँ रङका भेरियन्ट सार्वजनिक गरेको छ ।
पर्ल फ्रेस ब्लु तथा ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट तथा मेटालिक म्याट स्टेलर ब्लु रङमा यी मोटरसाइकल सार्वजनिक भएका छन् ।
यो सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल हो, जसले मिश्रित सडक अवस्थामा करिब ४० केएमपीएलको प्रभावशाली माइलेज प्रदान गर्ने सुजुकीको दाबी छ । ‘यो मोटरसाइकल बहुउपयोगिता लक्षित गरी निर्माण गरिएको हो, जसले हल्का अफ–रोड, ग्राभेल तथा असमान बाटो सजिलै सामना गर्न सक्छ’ सुजुकीले भनेको छ ।
सानो सिट र अत्यधिक लामो सस्पेन्सन भएका शुद्ध अफ–रोड मोटरसाइकलहरूले राजमार्गमा झट्का दिने तथा असहज अनुभव दिने भए पनि, भी स्ट्रोमले उत्कृष्ट स्थिरता र लामो यात्रामा आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
शहरदेखि लामो यात्रासम्म नेपालका विविध सडक अवस्थामा पनि उपयोगी हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4