+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
64/3 (9.6)
Shares

लगातार पाँचाैं दिन बढ्यो सेयर बजार, बैंकिङमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा नेप्से परिसूचक १०.४३ अंक बढेर २६७६ पुगेको छ।
  • कारोबार रकम ६ अर्ब ६६ करोड पुगेको छ जुन अघिल्लो दिनभन्दा घटेको हो।
  • बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशतले बढेको छ र चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ ।

यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो ।

१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढे । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ९.६२, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत मूल्य घट्यो ।

हिमस्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशत घट्यो । माहुली लघुवित्तको ४.१६, जोशी हाइड्रोपावरको ३.६१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?