११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्ने बताएका छन् ।
बिहीबार नेपाली कम्युनिस्ट पार्टीले यसबारे एजेन्डाहरू उठाएकाले एकता गरेको बताएका हुन् । उनले जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताए ।
राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उहाँको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।
‘जेन जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो । अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्छ । यो कुरा कांग्रेस एमालेले उठाएको छ ? यो कुरा नेपाली कम्युनिष्ट पार्टीले आज उठाएको छ, त्यसैले हामी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरेका हौं ।’
प्रतिक्रिया 4