News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हर्ष' मा अभिनेता आकाश श्रेष्ठले संक्षिप्त तर सशक्त भूमिका निभाएका छन् र उनको पात्र अन्त्यमा देखिनेछ।
- आकाश श्रेष्ठको यो फिल्ममा पुनरागमन क्यामियो रोलमा हो र उनको पछिल्लो फिल्म 'हिँड्दा हिँड्दै' सन् २०२३ को १८ अगस्टमा रिलिज भएको थियो।
- फिल्म 'हर्ष' को सार्वजनिक प्रदर्शन शुक्रबारदेखि देशव्यापी हुने छ र निर्माता दोस्रो श्रृंखला ल्याउने तयारीमा छन् भन्ने अनुमान गरिएको छ।
काठमाडौं । शुक्रबारदेखि रिलिज हुने फिल्म ‘हर्ष’ को कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । फिल्मको महत्वपूर्ण भूमिकामा अभिनेता तथा मोडल आकाश श्रेष्ठ जोडिएका छन् ।
फिल्मको अन्त्यमा संक्षिप्त रोलमा उनलाई देख्न सकिन्छ । दर्शकले अन्त्यमा उनको पात्रलाई देख्दा सरप्राइज हुनेछन् । आकाशको छोटो तर सशक्त भूमिका देखिन्छ ।
१५ वर्षपछि सैनिक पोशाकसहित घर फर्किएका पात्रको सन्दर्भमा उनलाई देख्न सकिन्छ । उनको विस्तृत चरित्र चित्रण भने दर्शकको लागि ‘स्पोइलर’ हुने भएकाले यहाँ खुलाउन मिल्दैन ।

२ वर्षपछि आकाशको यो पुनरागमन फिल्म त हुनेछ तर क्यामियो रोलमा मात्र । उनको पछिल्लो फिल्म ‘हिँड्दा हिँड्दै’ सन् २०२३ को १८ अगस्टमा रिलिज भएको थियो ।
बुधबार बेलुका आयोजित प्रिमियरमा अतिथिले फिल्म ‘हर्ष’ हेरेका थिए । एकता पौडेल निर्देशित फिल्मको सार्वजनिक प्रदर्शन चाहिँ शुक्रबारदेखि देशब्यापी हुने तयारीमा छ ।
आकाशको प्रवेशले निर्माता दोस्रो श्रृंखला ल्याउने तयारीमा हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । के निर्माताले आकाशलाई लिएर सिक्वेल बनाउन लागेका हुन् ?
प्रतिक्रिया 4