+
+
WC Series
जनकपुर बोल्ट्स 2025
119/8 (18.3)
VS
९ बलमा ३७ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीको आरोपमा २० लाख धरौटी बुझाएर रिहा भएका छन्।
  • उच्च अदालत पाटनले महरालाई धरौटीमा छाड्न आदेश दिँदै 'मुल जाहेरीमा महराको नामै छैन' भनेको थियो।
  • महरालाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो र उनीसँग ९ किलो सुन तस्करीको मुद्दा छ।

११ मंसिर, काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।

मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो ।

यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न अदालतले आदेश दियो ।

उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरमार्फत तस्करी भएको ९ किलो सुनमा उनको संलग्क्ष्नता रहेको दाबी गर्दै मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?