+
+
WC Series
जनकपुर बोल्ट्स 2025
123/8 (19.1)
VS
५ बलमा ३३ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

प्रथम चौमासिकमा भन्सार राजस्व लक्ष्यको ८१.७ प्रतिशतमात्र

भन्सार विभागका अनुसार पहिलो चौमासिकमध्ये सबैभन्दा कम राजस्व कात्तिक महिनामा संकलन भएको छ । यसले समग्र राजस्व संकलन प्रभावित भएको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यको ८१.७ प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको छ।
  • कात्तिक महिनामा भन्सार राजस्व लक्ष्यको ७२.६ प्रतिशत मात्र संकलन भएको छ जुन सबैभन्दा कम हो।
  • साउनदेखि कात्तिकसम्म कुल लक्ष्य १ खर्ब ९४ अर्ब २८ करोड रहेकोमा १ खर्ब ५८ अर्ब ७६ करोड मात्र संकलन भएको छ।

११ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक (साउन–कात्तिक) मा लक्ष्यको ८१.७ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।

भन्सार विभागका अनुसार पहिलो चौमासिकमध्ये सबैभन्दा कम राजस्व कात्तिक महिनामा संकलन भएको छ । यसले समग्र राजस्व संकलन प्रभावित भएको देखिन्छ ।

विभागका अनुसार कात्तिकमा सरकारले भन्सार राजस्व ५० अर्ब ५२ करोड संकलन गर्ने लक्ष्य राखेको थियो । तर, संकलन भने ३६ अर्ब ७० करोड रुपैयाँमात्र भएको छ । जुन लक्ष्यको ७२.६ प्रतिशत हो ।

कात्तिकसम्म कुल लक्ष्य १ खर्ब ९४ अर्ब २८ करोड बराबर थियो । संकलन १ खर्ब ५८ अर्ब ७६ करोड बराबर भएको छ । यो लक्ष्यको ८१.७ प्रतिशत हो । यस वर्ष कुनै महिनामा भन्सार राजस्व लक्ष्यको ९० प्रतिशतभन्दा माथि उठेको छैन ।

सरकारले साउनमा ४५ अर्ब ७१ करोड भन्सार राजस्व उठाउने लक्ष्य राखेकोमा ३७ अर्ब ९ करोडमात्र संकलन भयो । भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य रहेकोमा ४१ अर्ब ६ करोडमात्र संकलन भएको तथ्यांक छ ।

असोजमा ४९ अर्ब ५५ करोड उठाउने लक्ष्य राखिएकोमा ४३ अर्ब ९१ करोडमात्र संकलन भएको छ । अघिल्लो आवसँग तुलना गर्दा यस वर्ष साउनमा ६.९ प्रतिशत बढी राजस्व उठेको छ ।

भदौमा ३.७, असोज १३.१ र कात्तिकमा ८.३ प्रतिशत बढी राजस्व उठेको तथ्यांक विभागसँग छ । यस वर्ष आयात र निर्यात दुवैमा सकारात्मक वृद्धिदर देखिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?