News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकले 'एक्सेलेन्स इन कमर्सियल कार्ड्स बिजनेस' अवार्ड प्राप्त गरेको छ।
- भिसा इन्टरनेसनलले आयोजना गरेको 'लिडरसिप कन्क्लेभ नेपाल २०२५' सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो।
- बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीमा योगदानको सम्मान स्वरूप अवार्ड पाएको हो।
११ मंसिर, काठमाडौं । एनएमबी बैंकले ‘एक्सेलेन्स इन कमर्सियल कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
भिसा इन्टरनेसनलले हालै आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा एनएमबी बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउन गरेको महत्त्वपूर्ण योगदानको सम्मान स्वरूप प्रदान गरिएको जनाइएको छ ।
एनएमबी बैंकले हाल देशभरि २ सय २ शाखा, १ सय ८४ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4