+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

फेरि साढे २ लाख नाघ्यो सुन, रेकर्ड नजिक पुग्यो चाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ११:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ मंसिरका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढेको छ र विगत एक सातामा करिब ९ हजार रुपैयाँ बढेको छ।
  • चाँदीको मूल्य पनि बढेर प्रतितोला ३३४५ रुपैयाँ पुगेको छ, जुन असोज ३१ गतेको रेकर्ड नजिकको मूल्य हो।

१२ मंसिर, काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ रेकर्ड नजिक पुगेको छ । महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।

चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?