News Summary
Generated by OK AI. Editorially reviewed.- बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा दुई किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्र थालिएको छ।
- बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले सात मिटर चौडा सडक कालोपत्र हुने र नेप्टेचौर–तोरीपानी खण्डमा दुई किलोमिटर ग्राभेल गरिने बताए।
- सडक संरक्षणका लागि नाला र टेवा पर्खाललगायत संरचना निर्माण भइरहेको र रु १० करोड १६ लाख १ हजार ३६४ मा सम्झौता भएको छ।
१२ मंसिर, म्याग्दी। बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।
वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ।
प्रतिक्रिया 4