News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन्।
- अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन्।
- महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन्।
१२ मंसिर, म्याग्दी । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन् ।
अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी राजनीतिबाट विदा लिएका पौडेल अहिले नेतृत्व परिवर्तनको पक्षमा वकालत गरिरहेका छन् ।
म्याग्दीबाट महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन् । खुला तर्फ भने छलफल जारी छ ।
यही मंसिर अन्तिम साता हुने महाधिवेशनका लागि सर्वसम्मति नभएका क्षेत्रहरुमा भोलि मतदान हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4