१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक तर्फका लागि उम्मेदवारी आह्वान गरेको छ ।
शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै रास्वपा पर्साले समानुपातिक तर्फ उम्मेदवारी आह्वान गरेको हो ।
रास्वपा पर्साका अध्यक्ष हरि पन्तले क्षमतावान, योग्य, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका र देशका लागि केही गर्न अठोट बोकेका व्यक्तिहरूले उम्मेदवारी दिन सक्ने बताए ।
सभापति पन्तले आफ्नो पार्टीले उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4