१२ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेश प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले विशेष भेटवार्ता गरेका छन् ।
भेटमा मधेश प्रदेशको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण, र प्रदेश–सङ्घीय सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री अर्यालले मधेश प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै संघ र प्रदेशबिचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास दिलाए ।
यसै सन्दर्भमा, उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गरे ।
साथै, उनले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने आश्वासन पनि दिए ।
प्रतिक्रिया 4