+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
७ बलमा १२ रन आवश्यक
विराटनगर किंग्स 2025
149/7 (18.5)
Shares

प्रधानमन्त्रीसँग राखेपाका सदस्यसचिव घिसिङको बिदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १८:५१

१२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गरेका छन् ।

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको लागि शुभकामना दिइन् ।

सदस्य सचिव घिसिङको पदावधि यही मंसिर १३ गते सकिँदै छ । उनलाई आजै राष्ट्रिय खेलकुद परिषद्बाट पनि बिदाइ गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?