+
+
Shares

पुस अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १४ गते १८:१०

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुसको अन्तिम साता गर्नेगरी केन्द्रीय समितिमा प्रस्ताव लाने तयारी गरिएको छ ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहित आइतबार भएको छलफलमा पुसको अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताइएको हो।

सो छलफलमा सहभागी एक नेताका अनुसार, पुसको २७ देखि २९ गतेसम्म महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गर्ने बताइएको छ ।

‘२७ गतेबाट महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने छलफल भएको छ, छलफलमा सहभागी एक नेताले भने, ‘कार्यबाहक सभापतिले प्रस्ताव केन्द्रीय समितिमा लैजानुहुन्छ ।’

महाधिवेशनबारे सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । पटकपटक स्थगित हुँदै आएको बैठक भोलि (सोमबार) का लागि तय भएको छ ।

इतर पक्षले भने महाधिवेशनको कार्यतालिका हेरेर थप विषय प्रष्ट्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?