+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

व्यक्ति र संस्थालाई मुद्दती निक्षेपको ब्याजमा गरिएको विभेद हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने ब्याजमा १ प्रतिशतको अन्तर हटाएको छ।
  • यसअघि बैंकिङ प्रणालीमा न्यून तरलता हुँदा व्यक्तिगत मुद्दती निक्षेपलाई प्रोत्साहन गर्न संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था थियो।

१५ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा दिनुपर्ने ब्याजमा १ प्रतिशतको अन्तरलाई हटाइएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ’ समीक्षामा भनिएको छ ।

यसअघि बैंकिङ प्रणालीमा न्यून तरलता रहेका बेला व्यक्तिगत मुद्दती निक्षेपलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?