+
+
Shares

प्रलोपाले बनायो १५१ सदस्यीय केन्द्रीय समिति (सूची सहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १३:२४

१५ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समिति विस्तार गरिएको छ । प्रलोपाले सोमबार सार्वजनिक गरेको निर्णयमा केन्द्रीय समितिको आकार १५१ जनाको बनाइएको छ ।

७ मंसिरमा एकता घोषणा गरेर प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको थियो । प्रलोपाको अध्यक्ष परिषद्मा सन्तोष परियार, सुदन किराँती, दुर्गा सोब, ओजस्वी भट्टराई र सुरेन्द्र प्रसाद जैसवाल छन् ।

पार्टी एकताका लागि पहल गरेका शीर्ष नेताहरु भने अध्यक्ष परिषद्मा बसेका छैनन् ।

नेता डा. बाबुराम भट्टराई नवगठित दलको संरक्षकको भूमिकामा छन् । अर्का नेता जनार्दन शर्मा प्रलोपाको केन्द्रीय सदस्य बनेका छन् ।

ओम शर्मा, मानुषी यमी भट्टराई, मनऋषी धिताल, बामदेव क्षेत्री, जगप्रसाद शर्मा, अनिल शर्मा, रुक्सना कपाली, चिनक कुर्मी, जन्मदेव जैसी, पुष्प न्यौपाने लगायत केन्द्रीय सदस्य बनेका छन् ।

हेर्नुहोस् प्रलोपाको १५१ सदस्यीय केन्द्रीय समितिको सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?