१५ मंसिर, काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
त्यस्तै, सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4