+
+
Shares

चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, सुन घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै प्रतितोला ३,५४५ रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको उल्लेख गरेको छ।
  • सुनको मूल्य सामान्य घटेर प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ।

१६ मंसिर, काठमाडौं । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।

सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?