१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर समितिले तयारी सुरु गरेको छ ।
केन्द्रीय समितिले निर्णय गरेको एकदिन पछि भक्तपुर सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको टुंगो लगाउन मातहतका संरचनालाई निर्देशन दिएका हुन् । जिल्ला समितिको आज बसेको बैठकले केन्द्रीय महाधिवेशनले बनाएको कार्यतालिका अनुसार समयमा काम सक्न मातहतहको पार्टी संरचनालाई निर्देशन दिइएको हो ।
भक्तपुर सभापति थापाले मंगलबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीमा लागिएको जानकारी गराए । भक्तपुर सभापति थापाले मंसिर १५ गते भित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको जानकारी गराए । भक्तपुरमा पुराना र नयाँ गरि ११ हजार क्रियाशील सदस्य हुने र त्यस मध्ये २५ प्रतिशतको नविकरण गर्न बाँकी रहेको उनले जानकारी गराए ।
१३ औैं र १४ औं महाधिवेशनमा ६० प्रतिशत वडागत अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको स्मरण गर्दै भक्तपुर सभापति थापाले सर्वसम्मत् नेतृत्व चयन प्रक्रियालाई पहिलो प्राथमिकतामा राखिने बताए । जिल्ला नेतृत्वका लागि सर्वसम्मत चयन गर्ने प्रयास आफ्नो हुने थापाले जानकारी गराए । थापा दुईपटक भक्तपुरको सभापति बनेका छन् । विधान अनुसार दुई कार्यकाल भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।
प्रतिक्रिया 4