+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
कर्णाली याक्स 2025
0/0
Shares

दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा

प्रसाईं भोलि काठमाडौं फर्किँदै, २२ मंसिरमा औपचारिक वार्ता

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाएर मंसिर २२ गते वार्तामा आउन औपचारिक आग्रह गरेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्रमा हस्ताक्षर गरेका छन्।
  • वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरेका छन्।

१६ मंसिर, काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो ।

प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ ।

सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।

प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेको उनीनिकट स्रोतले बतायो । दुई दिनअघि नयाँ दिल्ली गएका प्रसाईं केही राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले बताएको छ । उनीनिकट नेताहरूका अनुसार प्रसाईं बुधबार नेपाल फर्किनेछन् ।

यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।

कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले गृहमन्त्री अर्यालले प्रधानमन्त्रीकै तहमा छलफल हुनपर्ने भनाइ राखेका थिए ।

सोही अनुसार प्रधानमन्त्रीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर वार्तामा बोलाएको हो । वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?