News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी विभागले सहकारी संस्थालाई व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको छ।
- सम्पत्ति शुद्धीकरण निवारण ऐन र आयकर ऐन अनुसार यस्तो कारोबार भए वित्तीय जानकारी इकाइमा प्रतिवेदन दिनुपर्ने व्यवस्था छ।
- सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१ को नियम १० र आयकर ऐन २०५८ को दफा ८१क अनुसार व्यवसायिक कारोबार व्यक्तिगत खातामा नगर्न भनिएको छ।
१६ मंसिर, काठमाडौं । सहकारी विभागले व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको छ । विभागले सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र आयकर ऐन अनुसार व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत नगर्न भनेको हो ।
विभागले मंगलबार निर्देशन जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरूलाई पनि वित्तीय संस्थाको रुपमा परिभाषित गरे अनुरूप सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१ कको व्यवस्था बमोजिम व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न/नगराउन निर्देशन दिएको हो । त्यस्तो कारोबार भएको पाइएमा वित्तीय जानकारी इकाइमा प्रतिवेदन पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम १० मा कानुनी व्यक्ति वा कानुनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानुन बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई दिनु पर्ने व्यवस्था छ ।
त्यसैगरी आयकर ऐन, २०५८ को दफा ८१क अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने नपाइने व्यवस्था छ ।
प्रतिक्रिया 4