+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
४३ बलमा ८५ रन आवश्यक
कर्णाली याक्स 2025
117/4 (12.5)
Shares

पाकिस्तानमा एचआईभी संक्रमितको संख्या २०० प्रतिशतले बढ्यो : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १८:५४

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआईभी) को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।

सन् २०१० मा १६ हजार एचआईभी संक्रमितको सङ्ख्या भएकोमा २०२४ मा यो सङ्ख्या बढेर ४८ पुगेको डब्ल्यूएचओले जनाएको छ ।

यो जानकारी विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र यूएनएड्सले विश्व एड्स दिवस मनाउन आयोजना गरेको कार्यक्रमका सहभागीहरू बीच सार्वजनिक गरेको हो ।

एचआईभीले विगतमा मुख्यतया उच्च जोखिममा रहेको मानिसहरूलाई असर गरेको भएता पनि हाल बाबालीका र वृद्धवृद्धा लगायत समग्र समुदायलाई असर गरिरहेको जनाइएको छ । मुख्यतया असुरक्षित रक्त आदान प्रदान इन्जेक्सन, सङ्क्रमण रोकथाम र नियन्त्रणमा कमी, असुरक्षित यौन गतिविधि लगायतका कारणले एचआईभी सङ्क्रमण बढ्दै गएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओ र यूएनएड्सले पाकिस्तानको स्वास्थ्य मन्त्रालयसँग मिलेर यो दिवस मनाउन सहयोग गरेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले यो रोगलाई एक्लैले सम्बोधन गर्न नसक्ने बताउँदै यसमा समुदाय र स्वास्थ्य नियामक अधिकारीहरू संलग्न हुनुपर्ने बताएको छ । इन्जेक्सन र रगत संक्रमणमा असुरक्षित अभ्यासहरू हटाउन सामूहिक प्रयासहरू आवश्यक रहेको भन्दै चिकित्सकहरूलाई पनि संलग्न गरी पाकिस्तानी नागरिकलाई स्वस्थ र एचआईभी मुक्त भविष्य प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा करिव तीन लाख ५० हजार व्यक्तिहरू एचआईभी संक्रमित भएर बाँचिरहेको भएता पनि ८० प्रतिशत प्रभावितलाई उनीहरूको आफ्नो स्थितिको बारेमा अन्जान रहेको जनाइएको छ ।

पछिल्लो दशकमा, पाकिस्तानमा एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्ने एचआईभी संक्रमितहरूको संख्या आठ गुणाले बढेको तथा सन् २०१३ मा करिब छ हजार ५०० बाट २०२४ मा ५५ हजार ५०० पुगेको जनाइएको छ ।

एन्टीरेट्रोभाइरल थेरापी केन्द्रहरूको सङ्ख्या पनि सन् २०१० मा १३ बाट बढेर सन् २०२५ मा ९५ पुगेको जनाइएको छ । सन् २०२४ मा, डन पत्रिकाले एड्स रोगका कारण एक हजार १०० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको थियो ।

पछल्लो समयमा नयाँ केशहरूमा वृद्धि हुनुका साथै बच्चाहरूमा समेत यो रोगले असर गरेको जनाइएको छ भने एचआईभी सङ्क्रमणको जोखिममा बाँचिरहेका ०–१४ वर्षका ३८ प्रतिशत बच्चाहरूले मात्र उपचार प्राप्त गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?