+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते ९:५७

१७ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।

पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए । ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ ।  अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?