+
+
Shares

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १०:२५

१८ मंसिर, विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, गएराति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो । उपचारकै क्रममा आज बिहान ४ बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?