+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
74/4 (12.6)
Shares

इजरायली सेनाले भन्यो- गाजाका सबै बन्धकको शव पहिचान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १२:५५
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकेको छ र थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
  • अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई उल्लङ्घन गरेको आरोप लगाएका छन्।
  • हमासले जीवित बन्धकहरूलाई रिहा गरेको छ र मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया जारी छ भने इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ।

१८ मङ्सिर, जेरुसेलम । इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ ।

सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि अवशेषहरू पहिचान गरिएको छ ।

हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।

“पहिचान प्रक्रियाको अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मिलेर थाई नागरिकको शव पहिचान गरी परिवारलाई अन्तिम सस्कारका लागि फिर्ता गरिएको सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।

कृषिमा काम गर्ने सुदथिसाक रिन्थालक सन् २०२३ अक्टोबर–७ मा मारिएको र शव गाजा पट्टीमा लगेर राखिएको सेनाले जनाएको छ ।

वासिङ्टनले मध्यस्थता गरेको सम्झौताको पहिलो चरण अन्तर्गत प्यालेस्टिनी लडाकुहरूले अन्तिम २० जना जीवित बन्धकहरूलाई हस्तान्तरण गरिसकेको र २८ जना मृतक मध्ये अहिलेसम्म २७ जनाको अवशेष पहिचान गरि बुझाईसकेको जनाइएको छ ।

इजएली सेनाका अनुसार सुम्पिने अन्तिम मृत बन्धक इजरायली नागरिक रहेको पहिचान भएको छ ।

बदलामा, इजरायलले आफ्नो हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीहरूको शव फिर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?