+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १३:३८
फाइल तस्वीर

१८ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैन । राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ ।

निर्वाचनका लागि सुरक्षाको वातावरण प्रत्याभूत हुनुपर्ने विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्दै आएका छन् । यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् ।

शुक्रबार भने सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकाय सँगै बस्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?