News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको जहदामा दाजु राजकुमार साहले भाइ श्रवणकुमार साहलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
- हत्या पछि राजकुमार साह भारत भागेका छन् र घटनास्थल भारतीय सीमासँग करिब १ सय मिटर टाढा छ।
- प्रहरीले सामान्य घरायसी विवादमा भएको घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
१८ मंसिर, विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् ।
जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ ।
धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4