News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको बताएको छ।
- चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँ घटेर ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ।
- असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार र बुधबार चाँदीको भाउ ३ हजार ६५५ रुपैयाँ पुगेर रेकर्ड कायम भएको छ।
१९ मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।
यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
प्रतिक्रिया 4