News Summary
Generated by OK AI. Editorially reviewed.- आज नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस मनाइँदैछ।
- स्वरसम्राट् उपाधिबाट सम्मानित नारायणगोपालले नेपाली संगीतमा विशिष्ट योगदान दिएका छन्।
- उनको स्मरणमा महाराजगन्जस्थित नारायणगोपाल सङ्गीत कोषले विविध कार्यक्रम आयोजना गरेको छ।
काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको संगीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।
उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।
मूर्धन्य कलाकार नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।
१) अल्झेछ क्यारे पछ्यौरी
२) केही मीठो बात गर
३) एउटा मान्छेको मायाले कति
४) यति धेरै माया दिई
५) तिम्रो जस्तो मुटु
६) मलाई नसोध
७) यो सम्झिने मन छ
८) आँखा छोपी नरोऊ
९) गल्ती हजार हुन्छन्
१०) ए कान्छा ठट्टैमा
प्रतिक्रिया 4