+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

२ वर्षपछि स्टेजमा उक्लिए प्रकाश सपुत, कहाँ-कहाँ दिँदैछन् प्रस्तुति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता प्रकाश सपुतले दुई वर्षपछि संगीतमा फर्किएर मोफसलका जिल्लामा सांगीतिक प्रस्तुति दिइरहेका छन्।
  • सपुतले १३ मंसिरदेखि २८ मंसिरसम्म दाङ, कपिलवस्तु, सुनवल र धनगढीमा महोत्सवमा प्रस्तुति दिने तय गरेका छन्।
  • उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो वर्ष तपाईंहरुलाई भेट्न आउने निधो गरियो।'

काठमाडौं । अभिनेता समेत रहेका प्रकाश सपुतको मूल चिनारी संगीतकर्मी हो । पछिल्लो समय उनको चर्चा संगीत सर्जकभन्दा अभिनय सर्जकको रुपमा ज्यादा छ ।

पछिल्ला दुईवर्षमा उनले सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ देखि होमप्रोडक्सन फिल्म ‘बसन्त’ सम्म दर्शकमाझ ल्याए । ‘बसन्त’ उनको डेब्यू निर्देशकीय प्रोजेक्ट पनि हो ।

यसबाहेक, उनी अभिनित फिल्म हरिबहादुरको जुत्ता, माइतीघर, सोल्टिनी पनि प्रदर्शनमा आए । ‘मिरमिरे’ प्रदर्शन तयारीमा छ । यी फिल्मको व्यवसायिक ट्रयाक हेर्दा मिश्रित देखिन्छ । उनको फिल्म यात्रा सन्तोषजनक छ ।

यसबीच, उनले संगीत सिर्जनामा उतिसारो काम गर्न पाएनन् । दुई वर्षको फिल्मी चटारोलाई केही अलग राखेर उनी यतिबेला संगीतमा फर्किएका छन् । त्यो पनि दर्शकमाझको सांगीतिक प्रस्तुतिलाई लिएर ।

केही सातायता उनले मोफसलका केही जिल्लामा आयोजना गरिएका महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेका छन् । बीचमा सांगीतिक दर्शकसँग टुटेको आफ्नो सम्बन्धलाई उनी पुनर्जीवन दिन चाहन्छन् ।

केही दिनअघि उनले कपिलवस्तुमा भव्य प्रस्तुति दिए । उनले यसबारेको जानकारी दिँदै फोटो पनि सेयर गरेका छन् । क्याप्सन मर्मस्पर्शी देखिन्छ । उनी लेख्छन्, ‘आँखा भरि दर्शक, मन भरि माया ।’ फोटोमा एक फ्यानले उनको आकृति कोेरेर उपहार दिएको देख्न सकिन्छ ।

१३ मंसिरमा उनले दाङको शान्तिनगरस्थित रगैजामा प्रस्तुति दिए । १५ मंसिरमा कपिलवस्तुको गोरुसिंगे, १८ मंसिरमा सुनवल, २६ मंसिरमा कपिलवस्तु महोत्सव र २८ मंसिरमा धनगढीमा हुने सुदुरपश्चिम महोत्सवमा उनले प्रस्तुति दिने तय छ ।

यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘ ओ हो, दुई वर्ष भएछ । दुई हिउँद यसै बिति गएछ ! यो बीचमा तपाईंहरूलाई निकै सम्झिएँ । देशै भरिका शहर सम्झिए, गाउँघर सम्झिएँ ! पारीलो घाममा रंगिचंगी कपडा लगाएर हँसिलो मुहारसहित आउने तपाईंहरू सम्झिएँ ! यात्रा सम्झिएँ ! यात्राका दुःख,सुख सम्झिएँ, घुम्तीहरूमा भेटिने स–साना दुकानका चिया नास्ता सम्झिएँ ! हाई–वे छेउमै छाप्रो होटलका मीठा खानाहरू सम्झिएँ । आउँदै गर्नु है भनेको सम्झिएँ । हाम्रोतिर कहिले आउनुहुन्छ भनेको सम्झिएँ । गीतमा सँगै रोएको, हाँसेको, नाचेको सम्झिएँ । अब यसरी सम्झेरै बस्नु भन्दा यो वर्ष तपाईंहरुलाई भेट्न आउने निधो गरियो । ल भेटौँ है त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?