News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सुपरमोडल वर्षा थापाले विश्वचर्चित फेसन ब्रान्ड ‘च्यानल’ को वार्षिक लक्जरी संग्रह क्याटवाकमा प्रस्तुत गरेकी छिन्।
- ‘च्यानल मेटियर्स डे आर्ट २०२६’ कार्यक्रम न्यूयोर्क सबवेमा रचनात्मक निर्देशक म्याथ्यू ब्लाजीको नेतृत्वमा आयोजना गरिएको थियो।
- वर्षाले इन्स्टाग्राममा भनिन्, ‘मैले रहस्य छनोट गरेँ, मेरो लागि उनी ‘आधुनिक च्यानलकी महिला’ हुन्’ र च्यानललाई धन्यवाद दिइन्।
न्यूयोर्क । नेपाली सुपरमोडल वर्षा थापा विश्वचर्चित फेसन ब्रान्ड ‘च्यानल’ को पहिरनमा सजिएर क्याटवाक प्रस्तुति दिएकी छिन् ।
ब्रान्डले केही दिनअघि ‘च्यानल मेटियर्स डे आर्ट २०२६’ को आयोजना गरेको थियो जहाँ, उक्त ब्रान्डले उत्पादन गरेका वार्षिक लक्जरी संग्रहलाई सुपरमोडलले प्रस्तुत गरेका थिए ।
उक्त शोले मेसन डी’आर्टको उत्कृष्ट फ्रान्सेली शिल्प कौशल (सेभोइर-फेयर) लाई प्रस्तुत गर्छ । यो कलेक्सन रचनात्मक निर्देशक म्याथ्यू ब्लाजीको नेतृत्वमा मेटियर्स डी’आर्ट, न्यूयोर्क सबवेमा प्रस्तुत गरिएको थियो ।

वर्षाले यसको जानकारीसहितको भिडियो इन्स्टाग्रामबाट दिएकी छिन् । ‘हाम्रो आफ्नै स्वभावले निर्देशित भएर हामीलाई आफ्नै ढंगले हिँड्न भनिएको थियो’ वर्षाले भनेकी छिन्, ‘मैले रहस्य छनोट गरेँ । हल्ला र भीडको बीचबाट उनी को हुन् भन्ने बारेको रहस्यवादी हिँडाइ । मेरो लागि उनी ‘आधुनिक च्यानलकी महिला’ हुन् ।’
न्यूयोर्क सहरमा आफूलाई च्यानल महिला भएर हिँड्न मद्दत गरेकोमा वर्षाले च्यानललाई धन्यवाद दिएकी छिन् । अमेरिकामा संघर्ष गरिहेकी नेपाली मोडलको लागि यो अभूतपूर्व उपलब्धि हो ।

यस्तो कार्यक्रममा यसअघि हिपहप स्टार असाप रक्की, मार्गरेट क्वाली, लिन्डा इभान्जेलिस्टा, तेयना टेलरसहितका विश्वचर्चित स्टार हिँडिसकेका छन् ।
लुपिता न्योगो, क्रिस्टिन स्टेवार्ट, टिल्डा स्विन्टन, टिसा थोम्पसनसहितका विश्वचर्चित स्टार कार्यक्रमको पहिलो लहरमा बसेर अवलोकन गरिसकेका छन् ।
प्रतिक्रिया 4