+
+
Shares
फेसन :

नेपाली सुपरमोडल वर्षाको छलाङ : ‘शनेल मेटियर्स डे आर्ट २०२६’ मा दिइन् प्रस्तुति

ब्रान्डले केही दिनअघि ‘शनेल मेटियर्स डे आर्ट २०२६’ को आयोजना गरेको थियो जहाँ, उक्त ब्रान्डले उत्पादन गरेका वार्षिक लक्जरी संग्रहलाई सुपरमोडलले प्रस्तुत गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सुपरमोडल वर्षा थापाले विश्वचर्चित फेसन ब्रान्ड ‘शनेल’ को वार्षिक लक्जरी संग्रह क्याटवाकमा प्रस्तुत गरेकी छिन्।
  • ‘शनेल मेटियर्स डे आर्ट २०२६’ कार्यक्रम न्यूयोर्क सबवेमा रचनात्मक निर्देशक म्याथ्यू ब्लाजीको नेतृत्वमा आयोजना गरिएको थियो।
  • वर्षाले इन्स्टाग्राममा भनिन्, ‘मैले रहस्य छनोट गरेँ, मेरो लागि उनी ‘आधुनिक च्यानलकी महिला’ हुन्’ र शनेललाई धन्यवाद दिइन्।

न्यूयोर्क । नेपाली सुपरमोडल वर्षा थापा विश्वचर्चित फेसन ब्रान्ड ‘शनेल’ को पहिरनमा सजिएर क्याटवाक प्रस्तुति दिएकी छिन् ।

ब्रान्डले केही दिनअघि ‘शनेल मेटियर्स डे आर्ट २०२६’ को आयोजना गरेको थियो जहाँ, उक्त ब्रान्डले उत्पादन गरेका वार्षिक लक्जरी संग्रहलाई सुपरमोडलले प्रस्तुत गरेका थिए ।

उक्त शोले मेसन डी’आर्टको उत्कृष्ट फ्रान्सेली शिल्प कौशल (सेभोइर-फेयर) लाई प्रस्तुत गर्छ । यो कलेक्सन रचनात्मक निर्देशक म्याथ्यू ब्लाजीको नेतृत्वमा मेटियर्स डी’आर्ट, न्यूयोर्क सबवेमा प्रस्तुत गरिएको थियो ।

वर्षाले यसको जानकारीसहितको भिडियो इन्स्टाग्रामबाट दिएकी छिन् । ‘हाम्रो आफ्नै स्वभावले निर्देशित भएर हामीलाई आफ्नै ढंगले हिँड्न भनिएको थियो’ वर्षाले भनेकी छिन्, ‘मैले रहस्य छनोट गरेँ । हल्ला र भीडको बीचबाट उनी को हुन् भन्ने बारेको रहस्यवादी हिँडाइ । मेरो लागि उनी ‘आधुनिक शनेलकी महिला’ हुन् ।’

न्यूयोर्क सहरमा आफूलाई शनेल महिला भएर हिँड्न मद्दत गरेकोमा वर्षाले च्यानललाई धन्यवाद दिएकी छिन् । अमेरिकामा संघर्ष गरिहेकी नेपाली मोडलको लागि यो अभूतपूर्व उपलब्धि हो ।

यस्तो कार्यक्रममा यसअघि हिपहप स्टार असाप रक्की, मार्गरेट क्वाली, लिन्डा इभान्जेलिस्टा, तेयना टेलरसहितका विश्वचर्चित स्टार हिँडिसकेका छन् ।

लुपिता न्योगो, क्रिस्टिन स्टेवार्ट, टिल्डा स्विन्टन, टिसा थोम्पसनसहितका विश्वचर्चित स्टार कार्यक्रमको पहिलो लहरमा बसेर अवलोकन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?