+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
52/3 (8.6)
Shares

ह्यातको प्राइड क्यासिनोबाट १४ करोड लुटपाट प्रकरण : ११ लाख प्रहरीमा बुझाए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १६:४०

१९ मंसिर, काठमाडौं । बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोबाट लुटपाट गरिएकोमध्ये ११ लाख रुपैयाँ एक व्यक्तिले बुझाएका छन् ।

१४ करोड लुटिएको बताइएको उक्त घटनामा एक व्यक्तिले प्रहरी वृत्त बौद्धमा ११ लाख रुपैयाँ ल्याएर बुझाएका हुन् । प्रहरीले अनुसन्धान अघि बढाउने सुइको पाएपछि ती व्यक्तिले ११ लाख रुपैयाँ बौद्ध प्रहरीमा बुझाएका थिए ।

१४ करोड लुटिएको बताइएकोमा अझै १३ करोड ८९ लाख रुपैयाँ भने गायब छ । लुटपाट भएको तीन महिनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो क्यासिनो लुटपाट आरोपमा अहिले दावा सेट्ठी भनिने दावा शेर्पा र रणे भनिने रञ्जित खड्गी हिरासतमा छन् । काठमाडौं बौद्धका ४२ वर्षीय सेट्ठी र बूढानीलकण्ठका २९ वर्षीय रणेविरुद्ध आपराधिक उपद्रव र डाँकाको कसुरमा अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

उनीहरूले जेनजी आन्दोलनको मौकामा २४ भदौमा हतियारसहित प्राइड क्यासिनोमा छिरेर लुटपाट गरेको क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को फुटेजमा देखिन्छ । उनीहरूसहितको समूह छिरेर खुकुरी देखाउँदै क्यासिनोमा रहेको रकम लुटपाट गरेर लगेको देखिन्छ ।

सुरुमा खुकुरीसहित एक समूह क्यासिनोमा छिरेर तोडफोड गरेको सीसी क्यामेराको फुटेजमा देखिन्छ । त्यसपछि अर्को  समूह क्यासिनो प्रवेश गरेको देखिन्छ । पक्राउ परेका रणे पहिलो समूहमा क्यासिनो प्रवेश गरेको देखिन्छ । सेट्ठी भने दोस्रो समूहमा क्यासिनो प्रवेश गरेको देखिन्छ ।

सीसी क्योमरामा देखिएको यही दृश्यका आधारमा प्रहरीले लामो निगरानी तथा अनुसन्धानपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पहिलो लटमा ७/८ जनाको समूह क्यासिनोमा छिर्छन् ।

दोस्रो लटमा १०/१२ जनाको समूह छिछन् । क्यासिनोको लकरमा रहेको रकम, सेफ समेत फुटाएर रकम लगेको सीसी क्यामेरामा प्रष्ट देखिन्छ । पहिचान नहोस् भन्नका लागि केहीले हेल्मेट लगाएको, मास्क लगएको र हुडी ओडेको समेत देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?