News Summary
Generated by OK AI. Editorially reviewed.- राम चरित्र मेहताले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा मंसिर ९ गते पदभार ग्रहण गरेका छन्।
- सहसचिव मेहतालाई अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी दिएको छ।
- मेहताले परिषदमा सुसाशन र पारदर्शी रुपमा कानूनसम्मत कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
९ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् ।
एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
खेलकुद विकास ऐन २०७७को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको हो ।

यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाल पुरा गरि विदा भएपछि सदस्य सचिवको पद रिक्त थियो ।
परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिए । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गरे ।
परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको बताएका थिए ।
मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4