News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई स्टारर फिल्म 'मिरमिरे' को मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक भएको छ।
- फिल्मले बाबुछोरीको भावनात्मक सम्बन्ध र युवतीको प्रवेशले आउने उतारचढावको कथा प्रस्तुत गर्छ।
- फिल्मलाई डेब्यू निर्देशक याम शेर्पाले निर्देशन गरेका हुन् र प्रकाश सपुतले पनि अभिनय गरेका छन्।
काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘मिरमिरे’ को मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक भएको छ । फिल्मले बाबुछोरीको भावनात्मक सम्बन्धको कथा पेश गर्छ । फिल्ममा दयाहाङले एकल बाबुको भूमिका निर्वाह गरेका छन् ।
त्यसपछि सम्बन्धमा युवती (सिर्जना निङलेखु) को प्रवेशले आउने उतारचढावको कथा यसमा छ । फिल्ममा प्रकाश सपुत पनि छन् । त्रिकोणात्मक प्रेमसँगै बाबुछोरीको संवेदनालाई पेश गरिएको छ ।
फिल्मलाई ‘कार्साङ’ डेब्यू निर्देशक याम शेर्पाले निर्देशन गरेका हुन् । अघिल्लो फिल्ममा पनि शेर्पाले दयाहाङ र सिर्जनाको जोडी बाँधेका थिए ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मको सहायक भूमिकामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर छन् । कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।
प्रतिक्रिया 4